२९ भाद्र, काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ४०८४ नमूना परीक्षण गर्दा ११९ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार पीसीआरबाट ८९ र एन्टिजेन विधिबाट ३० जनामा संक्रमण देखिएको हो।
बुधबार थप १३० जना कोरोनामु्क्त भएका छन्। आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल २१९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।






