असोज ११, काठमाडौं ।
भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले तीन जना भारतीय अभिनेत्रीसँग सोधपुछ गरेको छ । शनिबार दिपिका पादुकोण, श्रद्धा कपुर र सारा अली खानसँग सोधपुछ गरिएको बताइएको छ ।
अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनकी प्रेमिका रिया चक्रवर्ती जोडिएपछि यो मुद्दा लागूऔषधको प्रयोगतर्फ मोडिएको थियो । घटनामा रियाले लागूऔषधको प्रयोगका बारे नाम लिएका र सार्वजनिक भएको ह्वाटस्याप ग्रुपका मेसेजमा लागूऔषधको चर्चा भएकाले सोधपुछका लागि बोलाइएको एनसिबीले जनाएको छ ।
(एजेन्सी)







