श्रद्धाले भनिन्, ‘सुशान्त सिंह ड्रग्स लिन्थे’

असोज ११, काठमाडौं ।
बलिउड नायक सुशान्त सिंह राजपुत आत्महत्या मामिलामा लागूऔषधको मुद्दाले स्थान पाएपछि भारतीय अभिनेत्रीहरूलाई समेत सोधपुछमा बोलाइएको छ । यसै क्रममा नायिका श्रद्धा कपुरले सुशान्तले ड्रग्स लिने गरेको आफूलाई थाहा भएको बताएकी छिन् ।

भारतीय लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी)लाई बयान दिने क्रममा उनले सो कुरा बताएका हुन् । एकपल्ट उनको पार्टिमा गएका बेला सुशान्तले ड्रग्स लिएको देखेको उनको भनाइ छ । श्रद्धाले फिल्म सुटिङका बेला भ्यानिटी भ्यानमा कहिलेकाँही ड्रग्स लिएको देखेको पनि बताएकी छिन् ।

नवनायिका सारा अली खानले भने आफू सुशान्तको नजिक आएको बताएकी छिन् । उनले आफू फिल्म शुटिङका क्रममा सुशान्तको नजिक र थाइल्याण्ड ट्रिपमा गएको बताएकी हुन् । दुवैले फिल्म केदारनाथमा सँगै अभिनय गरेका थिए ।

एनसिबीले श्रद्धा र सारालाई चार घन्टाजति सोधपुछ गरेको थियो भने दिपिकासँग झन्डै पाँच घन्टा बयान लिइएको बताइएको छ । दिपिकाले सो क्रममा आफ्नी म्यानेजर करिश्मासँग ड्रग्सका विषयमा च्याट भएको स्वीकारेकी छिन् । (एजेन्सी)