एमालेबाट टिकट नपाएपछि करिश्माले भनिन् – बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो

२५ असाेज, काठमाडौं । नेकपा एमालेकी एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको टिप्पणी गरेकी छन्।

पार्टीबाट टिकटको आकांक्षा गरेकी अभिनेत्री मानन्धरले विद्रोह नगर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’

उनले टिकट नपाएपछि पार्टी नेतृत्वमाथि असन्तुष्टि पोखेकी छन्। बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु उपयुक्त हुने महसुस गरेको उल्लेख गरेकी छन्।