शताब्दी पुरुष सत्यमोहनको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

१ कार्तिक, काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आज देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

‘शताब्दी पुरुष जोशीको निधनले शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ’, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शताब्दी पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।