‘तीन जन्तु’को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘तीन जन्तु’को टिजर सार्वजनिक भएको छ ।

हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेको फिल्म अर्पण थापाको निर्देशन छ । फिल्म आगामी पुष १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

फिल्ममा सौगात र सृष्टिका अलावा अर्पण थापा, रविन तामाङ, कालु रानालगायतको मुख्य अभिनय समेटिएको छ । फिल्मले २०३० सालमा घटेको एउटा घटनालाई देखाउन खोजेको निर्माण युनिटले जनाएको छ ।