थप १५७३ जना कोरोना संक्रमण पुष्टि

असोज, ११ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १२३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा थप ८८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।