असोज १२, बारा ।
बसले स्कुटरलाई ठक्कर दिँदा सिमरामा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमराको दुधौली पुल नजिक निजगढबाट पथलैया गइरहेको ना४ख ७२४४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश नं. २–०३–००४प४४२२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
आइतबार साँझ भएको दुर्घटनामा निजगढका अन्दाजी २६ वर्षिय तिर्थमान स्याङतान, उनकी श्रीमति २३ वर्षिया ज्योति स्याङतान र उनका एक वर्षिय छोराको मृत्यु भएको हो । ठक्कर दिने बस नियन्त्रणमा रहे पनि चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।







