असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेट भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताको बाँकी कामका बारेमा छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्याएका स्रोतले बताएको । छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने स्रोत बताउछ ।
हिजो पनि ओली प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनका बारेमा छलफल भएको थियो । पछिल्लो समय अध्यक्षद्वयबीच भेटघाट बढिरहेको छ ।







