असोज, १२ काठमाडौं । गायिका शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको स्वर रहेको लोकगीत ‘बन चरीलाई बन’ सार्वजनिक भएको छ ।
देव सेनको लय, सन्तोष सुवेदीको शब्द रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियो होम धितालले निर्देशन गरेका छन् । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त, गजेन्द्र पन्तको रहेको छ ।







