लकडाउनका कारण स्थगित ‘ए मेरो हजुर ४’ को सुटिङ असोज १५ बाट

असोज, १२ काठमाडौं । ५० प्रतिशत सुटिङ भएको चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङ असोज १५ बाट सुरु हुने भएको छ । चैतमा लकडाउनका कारण स्थगित भएको थियो ।

असोज १५ बाट छायाँकनमा निस्कने निर्माण युनिटले जनाएको छ ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मका लागि गायक दुर्गेश थापा पनि कलाकारको रुपमा अनुबन्धित भएका छन् ।

झरना थापाले निर्देशक रहेको फिल्मको निर्माता सुनिल कुमार थापा हुन् ।