असोज, १२ काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । योसँगै देशभर ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ आज मृत्यु भएकामध्ये २ जना पुरुष र जना २ महिला रहेका छन् । हालसम्म कुल संक्रमितको शुन्य दशमलव ६५ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।








