‘परदेशिको जीवन वरिलै’को म्युजिक भिडियोे छायाँकन सकियो

असोज, १२ काठमाडौं । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठको आवाजमा रहेको ‘परदेशिको जीवन वरिलै’को म्युजिक भिडियोको छायाँकन सकिएको छ ।

कोरोना महामारिको त्रासकाबीच आवश्यक सावधानी अपनाएर भिडियो छायाँकन गरिएको भिडियोका निर्देशक टिकाराम आचार्यले जानकारी दिए ।

भिडियोको छायाँकन झापाँको बुद्धशान्तिका विभिन्न स्थानमा गरिएको हो ।

करिव पाँचवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी निशा राई र मोडेल निर्मल न्यौपानेको अभिनय रहेको उक्त म्युजिक भिडियोमा झापा नाटक घरका कलाकार गजेन्द्र पृथकको पनि अभिनय देख्न सकिने आचार्यले बताए।

हरेक परदेशि नेपालीको कथा गितमा समेटिएको र दर्शकको मन तित्ने अपेक्षा निर्माण पक्षको लिएको छ । दशै नजिकिदैँ गर्दा रिलिजको तयारिमा रहेको उक्त गीत भावसागर इन्टरटेनमेन्ट युट्यूव च्यानलबाट रिलिज हुने छ ।

भिडियोको छायाँकन सिनेमेटोग्राफर योगेश दाहालले गरेका हुन् ।