कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुग्यो, ५५ हजार ३७१ संक्रमणमुक्त

आज १५१३ जना संक्रमित थपिए, ७३१ जना संक्रमणमुक्त भए

असोज, १३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १५१३ जना कोरोना संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८९१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार

काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनासहित देशभर १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ७३१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।