टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग नेपाल पराजित

काठमाडौं– नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गरेको छ।

नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी छदा ६ विकेट गुमाएर पार गर्‍यो।