रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

लन्डन — भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले लन्डनमा इपिजी नामक संस्थाले प्रदान गरेको ‘पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्ड्स २०२४’ अन्तर्गत ‘इन्टरनेसनल मेयर अवार्ड’ प्राप्त गरेकी छिन् ।

लन्डनका मेयर सादिक खानले दाहाललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए ।

इपिजी बेलायत, भारत र युगान्डामा कार्यालय भएको एउटा आर्थिक तथा रणनीति परामर्श फर्म हो, जसले रणनीतिक सञ्चार, व्यापार र लगानी प्रवर्धन, आर्थिक विश्लेषण एवं विश्वभरका व्यवसाय र सरकारहरुका कर्पोरेट इभेन्ट आयोजना गर्ने गर्दछ ।