स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव नियुक्त :४ उपप्रधानमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा गएको छ ।

सुरुमा मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले कुनै पनि मन्त्री पठाएको थिएन । आइतबार उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ राष्ट्रपति रामचन्द्र पौडेलबाट लिएका छन् ।

यादवसँगै जसपाबाट नवलकिसोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् ।

फेरि ४ उपप्रधानमन्त्री

दाहाल नेतृत्वको सरकारमा फेरि चार जना उपप्रधानमन्त्री भएका छन् । हाल एमालेबाट रघुविर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका छन् ।