काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा शस्त्र प्रहरी बलका पूर्व एआईजी ठाकुर मोहन श्रेष्ठमाथि पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा कुटपिट भएको छ ।
अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । राप्रपा कार्यसम्पादन समितिका सदस्य समेत रहेका श्रेष्ठलाई महामन्त्री विक्रम पाण्डेनिकट कार्यकर्ताले कुटेका हुन्।







