पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा डम्बरबहादुर बम र रजिस्ट्रारमा जनकबहादुर रावल नियुक्त

काठमाडौँ , २०८२ जेठ १४ ।

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्ष र रजिस्ट्रार मध्य कुनै एक पदमा एनिमल साईन्सेस तथा मत्स्य बिज्ञान समुहका जनशक्तिहरुको ब्यापक दाबी भएता पनि अन्तत कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को अध्यक्षमा डम्बरबहादुर बमलाई र रजिस्ट्रारमा जनकबहादुर रावललाई नियुक्त गरेको छ।

मन्त्रीस्तरीय निर्णय अनुसार पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७६ बमोजिम बमलाई अध्यक्ष पदमा र रजिस्ट्रारमा रावललाई नियुक्त गरिएको हो।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका वरिष्ठ उपाध्यक्ष समेत रहेका बमलाई परिषद्को अध्यक्षमा र नेल्टा नेपालका अध्यक्ष रावललाई रजिस्ट्रारमा नियुक्त गरेको हो। एमाले निकट बम नेपाल निजामती सेवा अन्तर्गत छैटौ तह बाट सेवा निर्बित कर्मचारी हुन् भने रावल पशु सेवा बिभाग अन्तर्गत कार्यरत पशु स्वास्थ्य प्राबिधिक (सुब्बा सरह) तथा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय महासचिव हुन्।