कुखुराको मासुमा भ्याट हट्यो : किसानलाई प्रोत्साहन

२२ जेठ २०८२

सरकारले फ्रोजन कुखुराको मासुमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ। फ्रोजन कुखुराको मासुमा भ्याट लगाउँदा चोरी तस्करी अत्यधिक बढेको र आन्तरिक उद्योग धरासायी हुने अवस्था पुगेपछि आगामी आर्थिक वर्षको बजेटमार्फत खारेज गरेको हो।

आर्थिक वर्ष २०८०८१ देखि कुखुरा र माछाको फ्रोजन उत्पादनलाई भ्याट लगाएको थियो। यसअघि आर्थिक वर्ष २०७९८० सम्म कुखुराको फ्रोजन मासुको आयात र आन्तरिक बिक्रीमा भ्याट छुट दिएर अन्तःशुल्क ५ प्रतिशत लगाइएको थियो।

भारतमा कुखुराको मासु नेपालमा भन्दा सस्तो मूल्यमा पाइन्छ। भारतमा सस्तो भएको हुँदा यसको अवैध आयातको अंक पनि ठूलो रहँदै आएको छ।