२०८२ जेठ २२
नेपाल दाना उधोग संघले बर्ड फ्लु रोग नियन्त्रणको लागी बर्ड फ्लु रोग बिरुद्धको एच वान ईस्ट्रेनको भयाक्सिनको आयात खुलाईदिन नेपाल सरकारसँग माग गरेको छ । पशु सेवा बिभागको नब नियुक्त महानिर्देशक डा रामनन्दन तिवारी लाई बधाइ तथा शुभकामना दिने क्रममा संघको तर्फबाट अध्यक्ष रबिन पुरिले उक्त माग राखेका हुन् ।
महानिर्देशक डा रामनन्दन तिवारीको दोस्रो कार्यकालको बधाइ दिने क्रममा संघले अन्य मागहरु समेत राख्दै महानिर्देशक तिवारीको ध्यानकर्शण गराएका थिए । सिमापारी बाट हुने पोल्ट्री जन्य पदार्थको अबैध आयत रोकिनुपर्ने , गाइ भैसी तथा माछाको दानामा नेपाल आत्मनिर्भर भैसकेको अवस्थामा अन्य मुलुक बाट भैरहेको आयतमा नियन्त्रण हुनुपर्ने र दाना उत्पादनका निम्ती आवश्यक कच्चा पदार्थ “एमबिम” मा लगाएको प्रतिबन्ध खुलाउन पर्ने कुराहरु पनि संघले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
संघको अध्यक्ष रबिन पुरिको नेतृत्वमा गएको प्रतिनिधी मन्डलमा संघका पूर्व अध्यक्ष नारायण हरी खत्री , महासचिब केशब थापा , सदश्यद्वय बाबुराजा रावल र गोपाल टन्डन , नेपाल पोल्ट्री महासंघका महासचिब दिनेश मिश्र तथा ब्यबसायी माधब बरालको सहभागिता थियो ।







