शनिबार, १४ असार २०८२
स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् ।
राजनीतिक यात्रालाई निरन्तरता दिन आफूले पार्टी सदस्यता नवीकरण गरेको समेत उनले बताइन् ।
२००९ साल असार १४ गते जन्मिएका उनका पती मदन भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
२०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर विद्यादेवी भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन्। उनी २०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएकी थिइन्।







