संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

२०८२ असार १५ गते। आइतबार संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म राजनीतिक नियुक्त लिन नपाउने कुलिङ पिरियडको व्यवस्था विधेयकमा गरिएको छ ।

कुलिङ पिरियडको व्यवस्था हटाउन मुख्यसचिव एकनारायण अर्याल लगायत सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर लबिङ गरेका थिए। फलस्वरुप केहि समय विधेयक होल्ड भएको थियो। विधेयकमा अवकाश उमेर ६० पुर्‍याइएको छ।

निजामती कर्मचारीले अहिले ५८ वर्ष पुगेपछि अवकाश पाउँदै आएका छन्।
विधेयकमा कार्यक्षेत्र पनी उल्लेख नगरी अतिरिक्त सचिवको व्यवस्था गरिएको छ। अतिरिक्त सचिवको अवधि भने तोकिएको छैन।

२०८० फागुन २१ गते संसद्‍मा विधेयक दर्ता भएको थियो। त्यसअघि प्रतिनिधि सभामा पुगेको विधेयक सरकारले २०७८ असोज २२ गते फिर्ता लिएको थियो।