असोज १५, रौतहट ।
जिल्लाको चन्द्रनिगाहपुरमा बाघको आक्रमणले एक युवकको मृत्यु भएको छ । मृतकमा चन्द्रपुर नगरपालिका ६ का २७ वर्षिय संगम भण्डारी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार घाँस लिन जंगल गएका उनी अबेर साँझसम्म नभेटिएपछि स्थानीयले खोज्दै जाँदा बुधबार उनी मृत भेटिएका थिए । उनको कम्मरमुनिको भाग बाघले खाएको अवस्थामा रहेको स्थानीयको भनाइ छ ।







