एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छ्न् । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए।

गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।