काठमाडौं । आज विश्व रेबिज दिवस २०८२ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ ।
ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि सेप्टेम्बर २८ लाई विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो ।
यो बर्ष “तपाईं, हामी अनि समुदाय: रेबिज बिरुद्द जुधौ” भन्ने नारा का साथ नेपाल भेटेरिनरी एशोसिएसनले देशव्यापी कार्यक्रम गरेको छ।
नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता स्वरुप सन् २०३० सम्म कुकुरको टोकाइ बाट हुने रेबिज को मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । नेपालको सन्दर्भमा रेबिज अझ चुनौती बन्दै गएको छ । यद्दपी कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तथा पशु सेवा विभागले २०३० को लक्ष्य हासिल गर्न कुनै पनी दिर्घकालिन कार्यक्रम ठोस रुपमा लिएर आएको छैन ।
हालको दिनमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । चिकित्सकको परामर्श अनुसार अनिवार्य रेबिज रोग विरुद्ध खोप लगाएमा १०० % बाचिन्छ। संसारमा हरेक ९ मिनेटमा एक व्यक्तिको रेबिजका कारण मृत्यु हुने गरेको छ। रेबिज भाइरसबाट सर्ने गम्भीर र प्राणघातक रोग हो । यो मुख्यतया जनावरमा लाग्ने रोग हो ।संक्रमित जनावरबाट रेबिज र्यालको माध्यम मर्फत मानिसमा सर्छ ।







