पूर्व प्रधानमत्री ओली र गृहमन्त्री लेखकसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा र गृहमन्त्री रमेश लेखकको बैदेशिक यात्रा रोक्ने उदश्यले सरकारले पासपोर्ट रोक्का गरेको छ ।

त्यस्तै विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समेत छन्।

उनिहरु सबैले उपत्यका छोड्नुपर्ने भएमा पनि आयोगको अनुमती लिनु पर्नेछ ।
आजको मन्त्रिपरिषद्ले भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा उक्त निर्णय गरेको हो ।