काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा कसैलाई नपक्रन आदेश दिएका छन् । गृहमन्त्रीको यो कदमले प्रहरी प्रशासनले आफु माथिको हस्तछेप ठानेको छ ।
काठमाडौ लगायत मुलुकका विभिन्न भागबाट पक्राउ परेको ब्यक्तिहरुमा पनि गृहमन्त्रीको चासो हुन थालेको छ । गृह मन्त्रालयले असोज ९ गते एक बिज्ञप्ती जारी गरेर भदौ २३ र २४ गतेको घटनामा आयोगले काम गरिरहेको भन्दै आयोगको सिफारिस बेगर कसैलाई पनि कारबाही नगरिने स्पष्ट पारेको थियो। बिज्ञप्तिमा आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडी नबढाइने कुरा उल्लेख छ ।
भदौ २४ गते देशैभरी अप्रत्याशित रुप मा लुटपाट एबम आगजानी भएको थियो ।








