काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार चिनको एक अदालतले भ्रष्टाचार मामिलामा मृत्युदण्डको सजाय सुनाएको छ।
अदालको अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँ बराबर घुस लिएका थिए। मृत्युदण्ड अगाडी उनलाई दुई वर्षको समयावधि दिइएको छ। ताङले अदालत मा आफुलाई लागेको सम्पूर्ण कसुरहरु स्वीकार गरिसकेको छ ।
चिनीया कम्युनिस्ट पार्टीले सन् २००४ को नभेम्बरमा उनलाई बर्खास्त गरेको थियो । ताङ सन् २०१७ देखी २०२० सम्म गान्सु प्रान्तका गभर्नर पनि रहिसकेका छन्।







