काठमाडौं । दशै पहिले सुदन गुरुङले काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेर एआइजी दान बहादुर कार्की सँग अन्तर्कृया गर्ने क्रममा केहि सुझाब दिएको थियो । उनलाई सरकारले आधिकारिक रूपमा विशेष प्रतिनिधि, संयोजक, सल्लाहकार आदि पदमा नियुक्त गरेको छैन यद्दपी सुदन गुरुङ को उपस्थिति राज्य को धेरै निकाय हरु मा प्रस्ट देखिन थालेको छ ।
सुदन गुरुङको कुनै सरकारी वा कानूनी हैसियत छैन भने एआइजी स्तरको अधिकारीसँग औपचारिक ब्रीफिङ लिनु कानूनी र प्रशासनिक मर्यादा बिपरित हो भन्ने प्रश्नहरु सार्वजनिक रुपमा उठ्न थालेको छ । राज्य संयन्त्रमा अनौपचारिक बाहीरी बिदेशी शक्ति–केन्द्रहरूको प्रभाव बढ्दै गएको संकेत त हैन ?







