काठमाडौं ।‘गोल्डेन गर्ल’ तथा ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले अक्टोबर १२ मा भएको दिल्ली हाफ म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। उनले १ घण्टा १५ मिनेट ४ सेकेण्ड (१ः१५ः०४) समयमा रेस पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। दिल्ली हाफ म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्ट्यान्स रेस (एम्स) बाट प्रमाणित प्रतियोगिता हो।
सन्तोषीको नाममा यसअघि बंगलादेशको बंगबन्धु म्याराथनमा हाफ म्याराथनतर्फ १ः१५ः१६ को कीर्तिमान रहेको थियो। यद्यपी नेपालको रन फर प्रोटिनमा १ः१४ः१४ मा रेस पूरा गरेको राष्ट्रिय कीर्तिमान पनि उनकै नाममा छ।







