नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि डा नारायण भुषालले अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। डा भुषाल युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक हुन्। डा भुषाल नेपालमै सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक हुन् ।
भुषालको प्यानलमा उपाध्यक्षमा डा अजयकुमार मिश्र, महासचिवमा डा अमित भुषाल र सहसचिवमा डा सन्तोष अधिकारीले उम्मेदवारी दिएका छन्। २००७ साल फागुन २० गते स्थापना भएको चिकित्सक संघ नेपालको सबैभन्दा पुरानो पेसागत संस्था समेत हो।
माघमा हुने निर्वाचनका लागि डा बद्री रिजाल, डा मंगल रावलले दलिय हिसाबले उम्मेदवारी दर्ता गराएका छन्। डा बद्री रिजाल कांग्रेसनिकट हुन् भने डा मंगल रावल एमालेनिकट । उनिहरु पनि प्यनलनै बनाई निर्वाचनमा होमिएका छन् ।







