डा.केसीलाई अनसन फिर्ता लिन परराष्ट्रमन्त्रीको आग्रह

असोज, १५ काठमाडौं । चिकित्सका शिक्षा सुधारको माग राख्दै १९ औं पल्टडा केसी लामो समयदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरिएको छ ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि आग्रह गरेका हुन् ।

चिकित्सकिय सेवाको लागि जुम्ला पुगेका डा. केसीले गत भदौ २९ गते जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई काठमाडौं ल्याइएको थियो ।

पछिल्लो समय उनले आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्‍याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनुपर्ने मागसहित अनसन शुरु गरेका हुन् ।