मित्र परियारले हर्क छोडे, प्रचण्ड रोजे

काठमाडौँ । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई आज बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरे ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठिक नभएको भन्दै हर्क साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।