असोज, १५ काठमाडौं । पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकामा थप ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकाका काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







