असोज १६, बुटवल ।
रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृतकमा सैनामैना नगरपालिका ७ का ६० वर्षिय पुरूष छन् ।
उनी असोज १३ गत्ते साँझ बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए । बिहीबार मध्यरातमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी दुई दिनदेखि भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या जिल्लामा २५ पुगेको छ ।







