ओली र प्रचण्डबीच भेटवार्ता

नेकपा विवाद राजदूत नियुक्ति प्रकरणले फेरि सतहमा

असोज, १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्याक्षद्वयबीच भेटवार्त भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भएको हो ।

हिजो मन्त्रीपरिषद्ले राजदूत नियुक्ति गरेको बारेमा छलफल भइरहेको बताएको छ ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गरेका थिए ।

पार्टी एकतापछी पटक पटक एकलौटी निर्णय गरेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिवसहित राजदूत नियुक्तिमा छलफल नै नगरी अघि बढेको भन्दै असन्तुष्टि जनाएका दाहाल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

पार्टीको निर्णयविपरीत प्रधानमन्त्रीले गरेका नियुक्तिको कारण नेकपाका नेताहरु ओलीसँग चिढीएको बुझिएको छ ।

पछिल्लो समय लामो रस्साकस्सीपछि थामथुम भएको नेकपा विवाद राजदूत नियुक्ति प्रकरणले फेरि सतहमा आएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले राजदूतलगायतका नियुक्ति अध्यक्ष पुष्पकमल दाहालको सल्लाहबिना गरेपछि हिजो (बिहीबार) हुने भनिएको दुई अध्यक्षको भेटघाटसमेत रोकिएको थियो ।