प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ

असोज, १६ काठमाडौं । लामो छलफल र विवादपछि शुक्रवार प्रदेश ५ सरकारले स्थायी राजधानीको टुंगो लगाएको छ ।

सरकारले राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

प्रदेशको राजधानी तोक्ने कुरामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा पनि छलफल भइ सहमती भएसँगै प्रदेश सरकारले उक्त निर्णय गरेको हो ।

जसअनुसार भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

प्रदेशको स्थायी राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।

प्रदेश ५ को अस्थाई राजधानी अहिले बुटवलमा छ।