कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई विनियोजन गरिएको बजेट, बजेट भाषणमा उल्लेख गरिएको भन्दा ४ अर्ब कम भएको खुल्न आएको छ । सो कुरा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले एसोसिएसन अफ एग्रिकल्चर जर्नलिस्टस् (अनाज) ले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा बताएका हुन ।
बजेट वक्तव्यमा कृषि मन्त्रालयका लागि ४१ अर्ब ४० करोड रूपैयाँ बजेट उल्लेख छ। तर रातो किताबमा उल्लेख भएको बजेटको विस्तृत विवरण अनुसार ३७ अर्ब ४० करोड २० लाख रूपैयाँ मात्र मन्त्रालयको वित्तिय जिम्मेबारी भित्र रहेको सचिव भारीले बताए।
बजेट भाषण र रातो किताबमै बजेट फरक पर्नुमा अर्थमन्त्रीको गैरजिम्मेवारपन कि लापरबाही ?







