कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ ।