आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता लागू

काठमाडौँ । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचार संहिता लागू गरेको छ।

आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचार संहिता लागू गरिएको हो।

आयोगका अनुसार आचार संहिता माघ ४ गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।