असोज १७, पर्वत ।
मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ । कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए ।
पहिले दुई लेनकै बनाउने योजना भएपनि अहिले चार लेनको रुपमा स्तरोन्नति हुन लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उनको भनाइ छ । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको जनाएको छ ।







