असोज १७, काठमाडौं ।
कोरोनाका कारण शनिबार दुई महिलाको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक युवतीको शनिबार बिहान मृत्यु भएको छ ।
अस्पतालका अनुसार इनरुवा घर भएकी ती २८ वर्षिय युवतीको कोरोनाका कारण मृत्यु भएको हो । उनमा कुनै दीर्घरोग वा स्वास्थ्य समस्या नरहेको अस्पतालको भनाइ छ । आज बिहान साढे ४ बजे उनको मृत्यु भएको हो । उनमा असोज ८ मा कोरोना पुष्टि भएको थियो । सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
यसैगरी शनिबार बिहान झन्डै दुई बजे विराटनगरमा उपचाररत अर्की संक्रमित वृद्धाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६८ वर्षिया महिलाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका ३ की उनमा असोज ११ गत्ते कोरोना पुष्टि भएको थियो । उनमा पहिलेदेखि नै श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।







