त्रिशूलीमा ट्रक खस्यो, तीन जना घाइते

असोज १७, चितवन ।
त्रिशूली नदिमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको धारापनीबाट ट्रक खसेर नदीमा पुगेको हो ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ५ बजे ना५ख ९६२२ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । घाइते हुनेमा ट्रक चालक धादिङका २८ वर्षिय रोहित तामाङ, सोही ठाउँका १९ वर्षिय रामकुमार लालचन र २३ वर्षिय अर्जुन रुम्बा छन् ।

प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गजुरी पठाएको छ । उक्त ट्रक भैरहवाबाट काठमाडौं गइरहेको थियो । ट्रकको आधा भाग पानीमा डुबेको छ । ट्रक सडकबाट ८० मिटर तल खसेको हो ।