आज तय भएको नेकपा सचिवालय बैठक स-यो

असोज, १७ काठमाडौं । सक्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवाल बैठक सरेको छ । आज बस्नका तय भएको बैठक आइतबारका लागि सरेको स्रोतले जानएको छ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठक बालुवाटारमा बस्ने कार्यतालिका थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच हिजो शुक्रवार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

आइतबार बस्ने बैठकमा पछिल्लो गतिविधि र मन्त्रीमण्डल पुर्नगठन लगायतका बारेमा छलफल हुने बताईएको छ ।