असोज, १७ काठमाडौं । बरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले स्वास्थ्यकर्मीको सम्मानमा ‘‘सलाम छ स्वास्थ्यकर्मी’ गीत सार्वजनिक गरेका छन् ।
कोरोना भाइरस कोभिड १९ को संक्रमणमा समेत परेका रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्त गीत सार्वजनिक गरिएको बताएका छन् ।
स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग तपस्यालाई रिजालले गितको बोल मार्फत समावेश गरेका छन् । घर परिवार त्यागेर जनताको सेवामा लागेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुले पनि साथ र सहयोग गरेमा धन्यवाद दिइएका छन् ।







