आईसीसी टी–२०आई अलराउन्डर र्‍याङ्किङ: दीपेन्द्रको छलाङ, छैटौं स्थानमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन् ।

नेपालले पछिल्लो समय कुनै टी-२०आई खेलेको छैन । अन्य खेलाडीको वरीयता फेरबदल हुँदा दीपेन्द्रको वरियता पनि परिवर्तन भएको हो ।

दीपेन्द्रको रेटिङ अंक पनि यथावत् छ । उनको २०२ अंक रेटिङ छ । यसअघि लगातार चार सातासम्म दीपेन्द्र आठौं स्थानमा नै रहेका थिए ।