कांग्रेसको केन्द्रिय कार्यालय पाँच दिन बन्द

असोज १८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

नेपाली कांग्रेसका केही केन्द्रीयसदस्यसहित अन्यमा व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय ५ दिनको लागि बन्द गरिएको हो ।

शुक्रवार आएको रिपोर्टमा पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा तथा केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायत अन्य व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रीय कार्यालयमा गत असोज १५ गते बिहीवार पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राख्दै ५ दिनको लागि केन्द्रीय कार्यालय बन्द गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।