असोज १८ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाकारहरु लगायतलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित भएको बुझिएको छ ।
बैठक आजको लागि बोलाइएको थियो । आइतवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको नेकपाका एक नेताले बताए ।
बैठक कहिले बस्छ भन्ने विषयमा भने टुंगो नलागेको पनि उनले बताए ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच गत शुक्रबार भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढिरहेको सन्दर्भमा सचिवालय शनिवारका लागि बैठक बोलाईएको थियो ।







