प्रधानमन्त्री ओली सचिवालयका प्रेस विज्ञ बजगाँईलाई पनि कोरोना पुष्टि

असोज, १८ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयमा कार्यारत प्रेसविज्ञ रामशरण बजगाँईलाई कोरोना पुष्टि भएको छ ।

बजगाईले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले–आफ्नो अवस्था सामान्य रहेको र आफ्ना सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षणका लागी समेत बजगाँइले आग्रह गरेका छन् ।

शनिवार आएको पीसीआर रिपोर्टमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायतलाई लगायत ठुलो संख्यामा सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।